कोरोना नियन्त्रणमा लागाएको प्रतिबन्धविरुद्ध तिब्बतमा प्रदर्शन

न्युजलय १२ कार्तिक २०७९, शनिवार १२:१४ मा प्रकाशित

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा चीन सरकारले कोरोना नियन्त्रणमा लागाएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ । करिब तीन महिनायता जारी लकडाउनको विरुद्धमा तिब्बतीहरु प्रदर्शनमा उत्रिएको बिबिसीले उल्लेख गरेको छ । 


प्रदर्शनका क्रममा झडपसमेत भएको बताइएको छ । प्रहरीले प्रदर्शनकारीलाई शान्त रहने अनुरोध गरे पनि त्यसलाई बेवास्था गर्दै प्रदर्शन भएका छन् । तिब्बतमा जारी लकडाउन नहटे तिब्बतमा आगो लगाउने चेतावनीसमेत उनीहरुले दिएका छन् । 

 

तर, चिनियाँ सरकार भने यसबारे मौन रहेको बिबिसीले उल्लेख गरेको छ ।