सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस

न्युजलय २७ असार २०८०, बुधबार ०५:४२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ ।

दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए ।

लामो समयदेखि बिरामी रहेकी  दाहालको आज बिहान  नर्भिक अस्पतालमा निधन भएको थियो ।