सुर्खेतमा एकै परिवारका चार जना सुतेकै कोठामा मृत फेला

न्युजलय २ माघ २०७८, आइतबार ०१:१४ मा प्रकाशित

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै परिवारका चार जना सुतेकै कोठामा मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा उनीहरुको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । 

मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय कल्पना बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट छन् । 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घरमा कोइला बाली झ्याल ढोका लगाएर सुतेका थिए । मृतक कल्पनाका श्रीमान कृष्ण बुढा जाजरकोटको शिलालय गाउँपालिकाका स्वास्थ्य संयोजक हुन्।