एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठक सुरु

न्युजलय २२ फाल्गुण २०७८, आइतबार ०८:०७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक ढिला गरी सुरु भएको हो ।

बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरूले पार्टीले कारबाही गरेको १४ सांसदको सूचना टाँस गर्नुपर्ने माग गर्दै आएका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदको विरोधबीच बैठक सञ्चालन गरेका छन् ।