२०७९ साउन १४ गते शनिबारको राशिफल

न्युजलय १४ साउन २०७९, शनिवार ०७:१६ मा प्रकाशित

मेष । मनमा दुबिधा उत्पन्न होला । शृङ्गारमा धन खर्च हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ ।

 

वृष । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । सोच्दै नसोचेको धन हातलाग्न सक्छ ।

 

मिथुन । आज मनमा शान्तिको अनुभूति हुनेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

 

कर्कट । आज सुखद् यात्राको योग छ । स्व विवेकको प्रयोगले कार्य सिद्ध हुनसक्छ । वित्तिय संस्थाबाट सहयोग पनि पाइने र दिन सुखद् रहनेछ ।

 

सिंह । आज पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यवसायमा समय दिए पनि आम्दानी गर्न मुस्किल पर्नेछ ।

 

कन्या । आज आस्था बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

 

तुला । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । वित्तीय संस्थाबाट लाभ नै मिल्नेछ ।

 

वृश्चिक । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।

 

धनु । आज पनि समय भरपर्दो रहनेछैन । दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला । अप्रिय समाचारले दुस्खी बनाउनेछ ।

 

मकर । आज उमङ्ग र उत्साहमा कमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाइनसक्छ सचेत रहनुहोला ।

 

कुम्भ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट सफलता मिल्नेछ ।

 

मीन । आज धार्मिक कार्यमा मन जानेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।