ललितानिवास प्रकरणः थप २ जना पक्राउ

न्युजलय ८ साउन २०८०, सोमबार ०८:३९ मा प्रकाशित

काठमाडौं । ललिता निवास प्रकरणमा थप २ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही बनेका २ जनालाई सोमवार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सञ्जय महर्जन र सकलानन्द महर्जन रहेको बताइएको छ । यस प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायत पक्राउ परेर यसअघिदेखि नै थुनामा छन् ।