उपेन्द्र यादव सहभागी जसपाको समीक्षा बैठकमा कुटाकुट

न्युजलय २५ जेठ २०७९, बुधबार ०४:०७ मा प्रकाशित

 जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) धनुषाको बैठकमा कुटाकुट भएको घटना सार्वजनिक भएको छ । स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको 

जनकपुरसँगै जोडिएको लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा मंगलवार स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जसपाको बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।

बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते समेत भएको बताइएको छ ।  जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएका थिए । मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो।

जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि कुटपिट गरेका थिए ।