विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लामा शनिबार राति आएको बाढी र पहिरोको स्थलगत निरीक्षणका लागि खानेपानी सिँचाइ तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्यांवो सहितको टोली घटना स्थलतर्फ गएको छ ।
ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोले पुर्याएको क्षति र प्रभाव मूल्याङ्कनका लागि गएको टोलीमा तीनवटै सुरक्षा निकायका प्रदेशस्थित प्रमुखहरू समेत सहभागी रहेको बताइएको छ ।
टोलीमा नेपाली सेनाका पृतनापति र नेपाल प्रहरीका डिआइजी राजेशनाथ बास्तोला, सशस्त्र प्रहरी बलका बलका डी आइ जी अन्जनी कुमार पोख्रेलसमेत सहभागी छन् ।
घटनास्थलमा पुगेपछि राहतका लागि सरकारले निर्णय गर्ने मन्त्री मेन्यांवोले बताए ।