सुरेन्द्र पाण्डेः वृद्धभत्ता एमालेको ब्राण्ड हो

न्युजलय १८ जेठ २०७९, बुधबार ०५:५७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले नेपाली कांग्रेसलाई चाँडो चुनाव चाहिएको बताएका छन्। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै पाण्डेले संकट एकातिर भएपनि बजेट अर्कोतिर भएको टिप्पणी गरे।  

उनले भने ‘कांग्रेसलाई गठबन्धन नामको गलगाँड गाह्रो भएको छ। त्यसैले यो कांग्रेसलाई छिटो भन्दा छिटो गलगाँड कसरी छुटाउने भन्ने छ। चुनाव भयो भने सतिदेवीको अंग पतन भएजस्तो हातखुट्टा समाइरहेका दल झर्छन् कि भन्ने चाहना छ।’

उनले वृद्धभत्ता एमालेको ब्रान्ड रहेको बताउँदै त्यसको उमेर घटुवाले गठबन्धनका दललाई लाभ हुने उनको भनाइ छ।