सिङ्गापुरमा एकैदिन ६ हजार ३ सय ३९ कोभिड सङ्क्रमित थपिए

न्युजलय ७ कार्तिक २०७९, सोमबार ०२:४२ मा प्रकाशित

काठमाडौँ । सिङ्गापुरमा शनिबार कोभिड–१९ बाट थप छ हजार तीन सय ३९ जना सङ्क्रमित भएका छन् । यसैसँगै उक्त देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेको छ ।


कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ । हाल त्यहाँ कुल छ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् ।


सघन उपचार केन्द्रमा १६ जना रहेका छन् यद्यपी शनिबार कोभिड १९ बाट कसैको पनि मृत्यु भने भएको छैन् । सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार छ सय ६० जनाको मृत्यु भएको छ ।