काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको हो ।
निगमको हितविपरीत काम गरेको भन्दै स्पष्टिकरण माग गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि निगमको महाप्रबन्धक नियुक्त गरेको थियो ।
यता पौडेलले भने आफूले सुधारको कुरा उठाएकोले आफूलाई हटाइएको गुनासो गरे ।