कोशी प्रदेशमा उराँव समुदायलाई भोलि सार्वजनिक बिदा

न्युजलय ११ असोज २०८०, बिहिबार ०८:२२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेश सरकारले करम पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 


बिहीबार बसेको कोशी प्रदेश मन्त्री परिषद्को बैठकले उराँव तथा झाँगड  समुदायलाई असोज १२ गते शुक्रबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 


उराँव समुदायले चिताएको पुग्ने, परिवारमा शुख शान्ति मिल्ने, श्रीवृद्धि र अकाल मृत्यु टर्छ भन्ने जनविश्वासका साथ करम पूजा गर्ने गरेका छन् । उराँव समुदायले आफ्नो जातिलाई प्रकृति पुजकका रुपमा लिने गर्छन् । उनीहरुले करम पूजालाई महत्वपूर्ण चाडका रुपमा मनाउने गर्छन् ।