यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २७ असार २०७९, सोमबार ०१:२३ मा प्रकाशित

काठमाडौं । आज राति सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ। 

 

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  


दिउँसोको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।