काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई सय रुपैयाँ जरिवाना गराउन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवाना तिराएको हो । स
टोलीले सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । उनका अनुसार मल र सुपरमार्केटलाई २५ जनाबढी भेला नगर्न नगराउन सचेत गराइएको छ ।