काठमाडौं । इन्डोनेसियामा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । सुमात्रा टापूको पश्चिमी तट नजिकै गएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
शुक्रबार आएको भूकम्पको धक्का मलेसिया र सिंगापुरसम्म महसुस गरिएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुईजनाको मृत्यु भएको र कैयौं घाइते भएको इन्डोनेसियाका अधिकारीले बताएका छन् ।
भूकम्पका कारण कैयौं घर र भवनमा समेत क्षति पुगेको छ ।
अधिकारीहरूले सार्वजनिक गरेका तस्वीरमा ढलेका घरसहित पश्चिमी पासामन जिल्लाको एक विद्यालयको छत खसेको देख्न सकिन्छ । भूकम्पलगत्तै आएको पहिरोपछि उक्त जिल्लामा केही घर पुरिएको अधिकारीको भनाइ छ ।
तर, अधिकारीहरूले सुनामीको कुनै चेतावनी दिएका छैनन् ।