दाङ । सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण स्थगित गरेका छन् ।
मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रीत चोकमा मंगलबार कार्यक्रमको आयोजना गरिएको थियो । जम्मा १ सय ५० जनाको हाराहारीमा मान्छेहरु जम्मा भएका थिए । सहभागि न्युन भएपछ िसम्बोधन नगरी सहभागि मात्र भएर उनीहरु कोहलपुर तर्फ लागेका थिए ।
कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र दाङ सह इन्चार्ज अनारकली मियाले सम्बोधन गरेकाथिए ।
गाडीमा चार वटा माइक अगाडी पछाडी तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि मानिस उपस्थित भएनन् ।
नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह इन्चार्ज अनारकली मियाले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान ढिला भएकाले पनि दुबै जना नेताले भाषण नगरेको बताइन् ।