घट्यो सुनचाँदीको मूल्य

न्युजलय २५ माघ २०८०, बिहिबार ११:४४ मा प्रकाशित

काठमाडौँ । यो साता लगातार पाँचौँ दिनसम्म निरन्तररुपमा सुनचाँदीको मूल्य घटेर कारोबारमा आएको छ । आइतबारदेखि नै घट्दोक्रममा रहेको सुनचाँदीको मूल्य आज बिहीबार पनि निरन्तररुमा घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।