प्रदेश १ मा मन्त्रालयको संख्या बढाउने निर्णय

न्युजलय १७ माघ २०७८, सोमबार ०५:२१ मा प्रकाशित

विराटनगर।  प्रदेश १ सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । 

आइतबार(हिजो) बसेको प्रदेश १ मन्त्रीपरिषदको बैठकले मन्त्रालयको संख्या ७ बाट फुटाएर १२ पुर्याएको हो ।

बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । मन्त्रालयको भागबन्डा नमिलपछि प्रदेश १ मा मन्त्रिमण्डल विस्तारमा ढिलाई हुँदै आएको थियो ।

मुख्यमन्त्री राजेन्द्र राईले भौतिक पूर्वाधार, कृषि तथा सहकारी, सामाजिक विकास, भूमि व्यवस्था र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १२ पुर्याउने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री राईले अबको केहि दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।