काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ‘चोर बाटो’ प्रयोग गरी सर्वोच्च प्रवेश गरेका छन्।
सुरक्षाकर्मीहरुले उनलाई महान्यायाधिवक्ताको कार्यालयको मूल प्रवेशद्वारबाट सर्वोच्च अदालत प्रवेश गराएका हुन्।
सर्वोच्चको मूलगेटमा धर्ना दिइरहेका नेपाल बार एसोसियसनका पदाधिकारीलगायतका कानुन व्यवसायीहरुलाई छक्याएर सुरक्षाकर्मीहरुले प्रधानन्यायाधीश राणालाई महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च छिराएका हुन्।
राणालाई सर्वोच्च प्रवेश निषेध गर्ने क्रममा सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रधानन्यायाधीश समर्थकबीच केही समय घम्साघम्सीसमेत भएको थियो। प्रहरीले घम्साघम्सीमा संलग्न केहीलाई नियन्त्रणमा समेत लिएको छ।
सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ। सर्वोच्चको भित्र र बाहिर जनपदसँगै सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ।