लुभुमा भएको बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु

न्युजलय २१ असार २०७९, मङ्गलबार ०६:०४ मा प्रकाशित

रामेछाप । रामेछापको बेथानबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी कम्तिमा ९ जनाको ज्यान गएको बताइएको छ । स्थानीयले कम्तिमा १५ जनाको शव देखेको जनाएपनि प्रहरीले भने ९ जनाको मात्र पुष्टि गरेको छ । उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

मंगलबार बिहान काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका– १ लुभुघाट नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनास्थलमा अहिले प्रहरीले उद्दारकार्य गरिरहेको छ ।