काठमाडौं । भारतको पश्चिम बंगालमा हिंसा फैलिएको छ । वीरभूमिमा टीएमसी नेताको हत्या भएपछि उनका समर्थकले आक्रोश व्यक्त गर्दै घरघरमा आगो लगाएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार मृतक ८ जनामध्ये ३ महिला र २ बालबालिका समेत छन् ।
आगजनीबाट मृत्यु हुनेमा नवविवाहित दम्पती समेत छन् । विवाह भएपछि पति काजी साजीदुरसँगै माइत आएकी लिली खातूनको समेत आगजनीमा मृत्यु भएको छ ।
आगजनीको घटना भएपछि साजीदुरको घर नानुन शोकमा डुबेको छ ।