बीबीसी । युक्रेनमा रुसले आक्रमण सुरु गरेको १६ दिनपछि पहिलोपटक लुट्स्क र डीनिप्रोमा आक्रमण भएको छ।
युक्रेनका टेलिभिजन तथा मिडियाहरुले उत्तर–पश्चिममा रहेको लुट्स्क र युक्रेनको मध्य–पूर्वमा रहेको डीनिप्रोमा आक्रमण भएको उल्लेख गरेका छन्।
शुक्रबार युक्रेनका विभिन्न सहरमा खतराको साइरन बजिरहेका छन्। लुट्स्कमा भएको आक्रमणमा सैन्य क्षेत्रमा आक्रमण भएको छ।
लुट्स्कका मेयरले सहरका नागरिकहरुलाई सुरक्षित रहन आग्रह गरेका छन्।
उनले सबैलाई सामाजिक सञ्जालमा आफ्नो लोकेसनबारे जानकारी उपलब्ध हुने सामग्री अनलाइनमा नराख्न पनि आग्रह गरेका छन्।