काठमाडौं । वन सेवाको तयारीमा रहेकाहरुलाई लक्षित गरी रोजगारीको अवसर खुलेको छ । लोक सेवा आयोगले बुधबार नेपाल वन सेवाको श्रेणीविहीन पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुलाएको हो ।
लोक सेवा आयोगका अनुसार नेशनल पार्क्स एण्ड वाइल्ड लाइफ समूह अन्तर्गत गेम स्काउट, जनरल फरेस्टी समूहमा वन रक्षकका लागि आवेदन माग गरेको हो । यसबाहेक हात्तीसारतर्फ माहुते पदका लागि समेत विज्ञापन खुलेको छ ।
यी पदहरुमा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, प्रयोगात्मक परीक्षा, लिखित र अन्तर्वार्ताका माध्यमबाट लिइने भएको छ । परीक्षाको दस्तुर प्रत्येक विज्ञापनका लागि २ सय रुपैयाँ तोकिएको छ । समावेशी समूहमा थप १ सय बुझाउनु पर्छ । फारम १९ असारसम्म नियमित र २६ असारसम्म दोब्बर दस्तुत तिरेर बुझाउन सकिने आयोगले जनाएको छ ।
यी पदहरुमा १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
आयोगको धनकुटा कार्यालयबाट गेम स्काउट पदमा खुलातर्फ ७, महिलातर्फ २, आदिवासी–जनजाति, मधेशी र अपाङ्गतातर्फ १/१ जनाका लागि रोजगारी खुलेको छ । खोटाङ कार्यालयका लागि सोही पदमा खुलातर्फ १०, महिलामा ३, आदिवासी जनजाति र मधेशीमा २/२ जनाका लागि अवसर खुलेको छ ।
जलेश्वर कार्यालयमा खुलातर्फ ९, महिलामा ३, आदिवासीरजनजातिमा २, मधेशीमा २ र दलितमा १ जनाका लागि अवसर खुलेको छ । काठमाडौं कार्यालयबाट सोही पदमा खुलातर्फ १८, महिलामा ५, आदिवासीरजनजातिमा ३, मधेशीमा ३, दलित, अपाङ्गता र पिछडिएको क्षेत्रतर्फ १र१ जनाका लागि आवेदन खुला भएको छ । हेटौडा कार्यालयबाट खुलामा २५, महिला र आदिवासीरजनजातिमा ६र६, मधेशीमा ४, दलितमा २, अपाङ्गता र पिछडिएको क्षेत्रमा १र१ जनाका लागि आवेदन माग गरिएको छ ।
पोखरा कार्यालयमा वन रक्षकका लागि खुलामा १ र आदिवासीरजनजातितर्फ १ जनाको माग भएको छ । बागलुङ कार्यालयले गेम स्काउटमा खुलामा ७, महिलामा २, आदिवासीरजनजाति र मधेशीमा २र२ जनाको माग गरेको छ । दाङले सोही पदमा खुलामा २४, महिलामा ७, आदिवासीरजनजातिमा ५, मधेशीमा ४, दलितमा २, अपाङ्गतामा १ र पिछडिएको क्षेत्रमा १ जनाका लागि आवेदन खुलाएको छ ।
जुम्लामा सोही पदका लागि खुलामा १५, महिलामा ४, आदिवासीरजनजाति र मधेशीमा ३र३, दलित र अपाङ्गतामा १/१ जनाका लागि आवेदन माग गरिएको छ । दिपायलका लागि खुलामा ४, महिला, आदिवासीरजनजाति र मधेशीमा १र१ जनाका लागि आवेदन खुलेको छ ।
महेन्द्रनगर कार्यालयबाट सोही पदका लागि खुलामा १६, महिला र आदिवासी जनजातिमा ४/४, मधेशीमा ३ र दलित र पिछडिएको क्षेत्रमा १र१ जनाको आवेदन खुलेको छ । माहुत पदमा मधेशी र दलितमा १ /१ जनाको पुनः विज्ञापन गरिएको छ ।
वन रक्षक र गेम स्काउटका लागि कम्तीमा ८ कक्षा उत्तिर्ण भएको र शारीरिक तन्दुरुस्त भएको हुनुपर्ने छ ।