उच्च र जिल्ला अदालतमा माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने

न्युजलय १५ पुस २०७८, बिहिबार ०२:१९ मा प्रकाशित

काठमाडौं । आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने भएको छ ।

 

जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापनका लागि आवश्यक नियमावली र निर्देशिका बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित गरिएको छ ।

 

यसअघि सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुँदै आएको छ ।