काठमाण्डौ । बंगलादेशको सुगन्धा नदीमा यात्रु बोकेको डुंगामा आगो लाग्दा ३२ जनाको मृत्यु भएको छ ।
झालकोटी जिल्लामा भएको यो घटनामा मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।
सरकारी अधिकारीका अनुसार, एमभी अभियान नामक यो डुंगा बारगुना जानका लागि ढाकाबाट हिँडेको थियो । झालकोटी पुगेपछि सुगन्धान नदीमा शुक्रवार बिहान डुंगाको इन्जिनमा आगो लागेको थियो ।
घाइतेहरूलाई जिल्ला र स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उद्धारकार्य जारी छ । डुंगामा आगो लागेपछि कतिपय यात्री ज्यान जोगाउन नदीमा हाम्फालेका थिए । क्षमताभन्दा बढी यात्री डुंगामा चढेको बताइएको छ ।