धरानले पानीपियामा राखेको बोर्ड युवासंघ इटहरीले उखेल्यो

न्युजलय ११ बैशाख २०८०, सोमबार ०६:०६ मा प्रकाशित

इटहरी । धरान उपमहानरपालिकाले इटहरीको पानीपियामा राखेको सीमा संकेत बोर्ड इटहरीका युवाहरुले उखेलिदिएका छन्। 

एमालेसम्बद्ध युवा संघमा आबद्ध युवाहरुले मध्यराती उखेलेर इटहरी उपमहनगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका हुन् ।

इटहरी सरकारले वास्ता नगरेपछि आफूहरुले आफ्नो नगरको सीमा रक्षा गरेको युवा संघका कमल जंग क्षेत्रीको भनाई छ। 

धरानले इतहरीसँगको सीमा पानीपियालाई दाबी गर्दै आएको छ भने इटहरीले लामो समयदेखि सेउती पुल सम्मको भूभागलाई उपयोग गर्दै आएको छ ।

यसअघि पनि जनप्रतिनिधिहरु बसेर विवाद अन्त्य गर्ने प्रयास भएपनि सफल हुन सकेका थिएनन् । विवादकै बीचमा आईतबार धरानले एकतर्फी रुपमा बोर्ड राखेपछि इटहरीवासीले विरोध जनाएका छन् ।

बोर्ड निकालेपछि धरानका मेयरले कानुनी कारवाही अघि बढाउने चेतावनी सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

इटहरी–धरान सीमा विवाद चर्किने संकेत : धरानले पानीपियामा राख्यो बोर्ड