हतुवागढीका आशबहादुरको धरानमा स्कुटर दुर्घटना हुँदा मृत्यु

न्युजलय १९ असोज २०८०, शुक्रबार १०:४७ मा प्रकाशित

धरान । सुनसरीको धरान ८ स्थित लांघाली चोकमा भएको सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ । 


शुक्रबार तीव्र गतिमा आएको स्कुटर र ट्रक एकआपसमा ठोक्किंदा स्कुटर चालक आशबहादुर राईको ज्यान गएको हो । 

भोजपुरको हतुवागढी गाउँपालिका २ घर भै सुनसरीको इटहरी-९ स्थित बस्दै आएका आशबहादुर होलसेल किराना पसल सञ्चालन गर्दै आएका थिए । 

लांघाली चोकस्थित कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ४०६३ नं को ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र १०२०४५ प ३७४ नं को स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा स्कुटर चालक इटहरी ९ का आशबहादुर राई र स्कुटरमा सवार धनकुटा साँगुरीगढी (९ का टेकबहादुर राई  गम्भिर घाइते भई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाइएको थियो । 

उपचारका क्रममा आशबहादुरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 


स्कुटर, ट्रक चालक धनकुटा चौबिसे( ६ का चन्द्रप्रसाद राईलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।