बढ्यो सुनको मूल्य

न्युजलय १४ साउन २०८०, आइतबार १२:०२ मा प्रकाशित

काठमाडौ । आइतबार (आज)  सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर तोलाको १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइएरहेको छ । यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ ।