विवाह व्रतबन्धमा २५ जना भन्दा बढी उपस्थित हुन नपाइने

न्युजलय ३१ पुस २०७८, शनिवार ०६:०७ मा प्रकाशित

 काठमाडौं । सरकारले कोरोनाको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ । 

सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ ।

यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ ।