अलबिदा भन्दै स्टाटस लेखेका काँग्रेस वडाध्यक्षले गरे रुखमा झुण्डिएर आत्महत्या

न्युजलय २ भदौ २०८०, शनिवार ११:३९ मा प्रकाशित

रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरे रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।


नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत रहेका उनले शनिवार बिहान करिब ५ बजे फेसबुकमा अलबिदा लेखेका थिए ।


‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनितास् साथ निभाउन सकेन । मलाई माफ गरे।  घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।’


शुक्रवार दिउँसो घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको र बिहान स्टाटस देखेपछि खोजी हुँदा मृत भेटिएको जनाइएको छ ।