काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तेह्रथुम जिल्ला अधिवेशनमा पौडेल समूहले जित हासिल गरेको छ ।
संस्थापन पक्षको प्यानल नै पराजित हुँदा पौडेल समूहका अर्जुनबहादुर तुम्बाहाङफे जिल्ला सभापति बनेका छन् ।
सभापति पदमा सीता गुरुङको समर्थनमा जिल्ला सभापति उठेका कमल ढुंगानालाई पराजित गर्दै तुम्बाहाङफे जिल्ला सभापतिमा विजयी भएका हुन् । विजयी तुम्बाहाङफेले ४५० मत प्राप्त गर्दा ढुंगानाले २३६ मत पाए ।
यस्तै, उपसभापतिमा मचिन्द्र सुब्बा र शिवप्रसाद भट्टराई विजयी भएका छन् । सचिव पदमा विपीन सुब्बा र डिल्लीराम नेपाल विजयी भए ।