थपिए ३ सय १ कोरोना संक्रमित, ६ जनाको मृत्यु

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०४:४४ मा प्रकाशित

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा ३ सय १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

९ हजार ६०९ पीसीआर परीक्षणमा ३०१ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १६ हजार ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको छ ।