काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिका–४ ओसिल क्षेत्रमा मंगलबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलामा कार्यरत इन्जिनियर मनीषा चन्द र वरिष्ठ प्रशासकीय अधिकृत भरतबहादुर तितराको घटनास्थलमै मृत्यु भएको हो ।
कामको सिलसिलामा उनीहरू काडाँपारिबाट ओसिलतर्फ जाँदै थिए । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।