देशभर आज ६ जनामा कोरोना पुष्टि

न्युजलय ५ जेठ २०७९, बिहिबार १२:४८ मा प्रकाशित

काठमाडौं । देशभर आज ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८५६ पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमण भेटिएको हो ।


पछिल्लो २४ घन्टामा ६१७ जनाको एन्टीजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण आज पनि मृत्यु भएको छैन ।


आज ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ९ लाख ६६ हजार ९२९ पुगेको छ । हाल नेपालमा १४७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।