सोलुखुम्बु । यसवर्ष सिजन सकिएपछि पनि सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ ।
विगतका वर्षहरुमा भन्दा यसवर्ष भ्रमण गर्न आउने विदेशी पर्यटक बढिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।
गत वर्ष यहि समयमा दैनिक २–३ जना विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२–१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्यांक छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका अनुसार अहिले दैनिक ३ वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकोप्टरहरुले समेत दैनिक २ दर्जन बढी उडान गर्ने गरेको छ ।
खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार र असोज कार्तिक मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।
सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।