काठमाडौँ । आज मार्गशीर्षकृष्ण चतुर्दशी अर्थात् दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शिवालयमा शतबीज छर्ने दिन । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने चलन छ ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन शिव, विष्णु तथा राममन्दिरहरुमा पुग्छन् ।
आज पुर्वका विभिन्न मन्दिरहरुमा बिहानै श्रद्धालु भक्तजनले शतबिज छरेका थिए । धान, मकै, गहुँ लगायतका अन्न शतबिजको रुपमा मन्दिर वरपर छर्ने चलन छ ।