अजिङ्गरले सिङ्गै महिला निलेपछि ...

न्युजलय १० कार्तिक २०७९, बिहिबार १२:४६ मा प्रकाशित

काठमाडौँ । इण्डोनेशियामा अजिङ्गरले एक महिलालाई सिंगै निलेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार अजिङ्गरले सिङ्गै निलेको अवस्थामा ५० वर्षे जाहरा नामक महिलाको शव फेला परेको छ । कामबाट नफर्किएपछि उनको खोजी भएको थियो ।

पछि गाउँलेहरुले ठूलो पेट भएको अजिङ्गर फेला पारेका थिए । १६ फिट लामो त्यो अजिङ्गर मारेर पेटबाट ती महिलाको सिङ्गो शव निकालेका थिए ।

अजिङ्गरले आफ्नो आहारा सिङ्गै निल्ने गर्छ । कहिलेकाहीँ गाइवस्तु, बङ्गुर खाने गरेको छ ।