काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपिलाई सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतबाट रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।
उनीमाथी अनुसन्धान गर्न प्रहरीले म्याद लिइसकेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।
उनी तस्करीको सुन व्यापारीसम्म पु¥याउने कार्यमा संलग्न रहेको अनुसन्धानमा देखिएको प्रहरीको दाबी छ । सुन तस्करी गर्ने चिनियाँहरु काठमाडौंमा पक्राउ पर्न थालेपछि उनी भारत भागेका थिए ।
तर प्रहरीले भारतमा समेत अनुसन्धान टोली पठाएको थियो । यसअघि तस्करीमा संलग्न किशोर बस्नेतलाई पनि सीआईबीले भारतबाट पक्राउ गरेर ल्याएको थियो ।
सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।