संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्षमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ।
अज्ञात समूहको ढुंगा प्रहारबाट चिचिला–२ का वडाध्यक्ष मीरबहादुर राई सामान्य घाइते भएका छन्। मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार गरेको हो।
मंगलबार साँझ गाउँपालिकाको हिउँदे सभामा सहभागी भएर घर फर्किने क्रममा वडा नम्बर २ को ६ टर्निङ भन्ने ठाउँमा पुगेपछि आफूमाथि ढुङ्गा प्रहार भएको वडाध्यक्ष राईले बताएका छन् ।
वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । अज्ञात समूहको ढुङ्गा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते टाउको, ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए।
वडाध्यक्ष राईमाथि ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेकोजिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।