काठमाडौं। आज सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।