सुनको भाउ बढ्यो

न्युजलय ८ बैशाख २०८०, शुक्रबार ०५:३५ मा प्रकाशित

काठमाडौँ । शुक्रबार(आज) सुनको भाउ उकालो लागेको छ। 

आज प्रतितोला छापावाल सुनको भाउ ४०० रुपैयाँ तेजाबी सुनको भाउ ३५० रुपैयाँले बढेको छ। योसँगै छाापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तैै आज पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै तोलको १ हजार ४४५ रुपैयाँमा किनबेच भएको थियो।