सिरहा जिल्ला अदालतका २ जना न्यायाधीश चढेको गाडी दुर्घटना

न्युजलय ६ चैत २०७८, आइतबार ०९:२७ मा प्रकाशित

जनकपुर । सिराहा जिल्ला अदालतका २ जना न्यायाधीश चढेको गाडी दुर्घटनामा परेको छ। 

जिल्ला न्यायाधीशहरु पुष्पराज थपलिया र धुव्रकुमार उप्रेती चढेको गाडी दुर्घटनामा परेको हो। जनकपुरबाट सिरहाका लागि हिँडेका उनीहरु जनकपुरबाट केही अगाडि पुग्ने वित्तिकै दुर्घटनामा परेका हुन्। 

घाइतेमध्ये न्यायाधीश धुब्रकुमार उप्रेतीको अवस्था गम्भीर रहेको जनाइएको छ। उनलाई थप उपचारका हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको बताइएको छ ।