आलटाल नगरी एमसिसी पारित गरौं : बाबुराम भट्टराई

न्युजलय १७ माघ २०७८, सोमबार ०२:१० मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसिसी सम्झौता पारित गर्नुपर्ने बताएका छन्।

 

भट्टराईले सर्वसम्मतिले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने बताएका हुन्। यसबारे जनतालाई बुझाउनुपर्ने पनि उनको भनाइ छ।


‘एमसिसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं,’ ट्वीट गर्दै भट्टराईले भनेका छन्, ‘सबै एकमुख भएर जनतालाई बुझाऔं।’

 

एमसिसीकै बाहनामा सत्तारूढ गठबन्धनमा समस्या उत्पन्न हुन नहुने उनले उल्लेख गरेका छन्। 


सत्तारूढ गठबन्धनका बैठकमा एमसिसी पारित गरेर जानुपर्ने विषयमा कुराकानी भएका खबरहरू आइरहेका छन्। यसबारे भट्टराईले आफ्ना धारणा राख्दै सर्वसम्मतिले एमसिसी सम्झौता पारित गरिनुपर्ने उल्लेख गरेका छन्।