कांग्रेस सभापति देउवा सुनसरीमा

न्युजलय ६ साउन २०८०, शनिवार ०६:२६ मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आइपुगेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी आइपुगेका हुन् । 

देउवा विमानस्थलमा संचारकर्मीहरुसँग वर्तमान राजनीतिक विषयमा बोलेनन् । कार्यक्रममै आफ्ना धारणा राख्ने भन्दै उनी सुनसरीतर्फ लागे । उनले इनरुवाको बवियामा विशेश्वरप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् । 

देउवाले जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।