काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले महंगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ। शनिबार ललितपुर जिल्ला कार्यसमितिले लगनखेलबाट निकालेको विरोध जुलुश जावलाखेलमा पुगेको आमसभामा परिणत भएको थियो।
महंगी, भ्रष्टाचार, लूटतन्त्र र बेरोजगारीको अन्त्यको जोडदार माग गर्दै जुलुसले बढ्दो धर्मान्तरणलाई रोक्नका लागि सरकारसॅग माग गरेको छ। देशको अन्तर्राष्ट्रिय पहिचानका लागि सनातन हिन्दूराष्ट्र पुनर्स्थापनाको नारा लगाउॅदै जुलुस चुनावी अभियानमा परिणत भएको आमसभामा अध्यक्ष कमल थापाले बताए।
अध्यक्ष थापाले संविधानलाई परिवर्तनीय गराउने महत्वपूर्ण काम राप्रपा नेपालले गराएको हो भन्ने कुरालाई ध्यानमा राखेर आउँदो चुनावमा राप्रपा नेपालका उम्मेदवारहरूलाई मत दिन ललितपुरका सर्वसाधारणलाई आग्रह गरे।