१२ कक्षा पढ्ने पोखरेलले बनाए ब्याक गियर बाइक

न्युजलय २५ कार्तिक २०७८, बिहिबार ०४:०६ मा प्रकाशित

काठमाण्डौ । सन्धिखर्क नगरपालिका–१ का कक्षा १२ मा अध्ययनरत सागर पोखरेलले ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक बनाएका छन्। पोखरेलले कुनै तालिम बिना इलेक्ट्रोनिक बाइक बनाएका हुन्। 

घरायसी स्तरमा रहेका खेर जाने वस्तुसँगै वजारबाट आवश्यक वस्तु संकलन गरी उनले यो बाइक बनाएको बताए। यसअघि पनि उनले घरायसी काम नलाग्ने वस्तुको प्रयोग गरी जेसिभीको निमार्ण गरेका थिए। 

उनले निर्माण गरेको इलेक्ट्रोनिक बाइको टुडिखेलमा डेमो प्रदर्शन गरिएको छ। एक औपचारिक कार्यक्रमको आयोजना गरी उनले बाइक टुडीखेलमा दौडाएका हुन्। 

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिक लगायतको उपस्थितिमा बाइकको डेमो प्रदर्शन गरिएको हो।