विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनादेखि विनाविभागीय मन्त्री रहेकाहरूलाई आइतवार(आज ) मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
विनाविभागीय मन्त्री नेपाली कांग्रेसका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेकपा ९एकीकृत समाजवादी० का कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
मुख्यमन्त्री कार्कीसँगै राई असोज २७ गते विनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए भने उप्रेती र जवेगु कात्तिक १७ गते मन्त्री नियुक्त भएका थिए । असोज २७ गते नै मन्त्रीमा नियुक्त भएका नेकपा एमालेका राम रानाले भने राजीनामा दिएका छन् ।