काठमाडौं। नेपालमा मनसुन सक्रिय रहेको छ । पछिल्लो दुई दिनदेखि परिरहेको पानी मंगलबार(आज ) झनै फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली को प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर अर्थात नेपाल नजिक रहेकाले देशैभर ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।