काठमाडौं । वान एक्स बेट प्रबर्द्धन गरेको आरोपमा पक्राउ परेका आठ कलाकार र युट्युबरहरु थप छ दिन प्रहरी हिरासतमै हरने भएका छन् ।
काठमाडौं जिल्ला अदाललते आइताबर उनीहरुलाई हिरासमतै राखेर अनुसन्धान गर्ने नेपाल प्रहरीलाई अनुमित दिएको छ । अदालतलई उनीहरुलाई थप ५ दिनको म्याद थप गरिदिएको छ ।
वन एक्स वेट खेलाएको तथा यूट्यूबमार्फत प्रचार प्रसारमा सहयोग पुग्ने गरि प्रोमो कोर्ड समेत दिइ विज्ञापन गरि सर्वसाधारणलाई सट्टावाज गर्न गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न भएको भन्दै उपत्यका अपराध महाशाखा, मिनभवनले गत बुधबार चर्चित कलाकार राजु मास्टर र बल्छी धुर्बेसहित आठ जनालाई पक्राउ गरेको थियो ।
गत जेठ ३१ गते पक्राउ परेका उनीहरुलाई मिनभवन प्रहरी कार्यालयले थप अनुसन्धानका लागि जेठ ३२ गते महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको थियो । थप अनुसन्धानका लागि अदातले हिजो आइतबारदेखि ६ दिन म्याद थप गरिएको मिनभवन प्रहरी कार्यालयले जनाएको हो ।