सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी मेरो टाउकोमा भएको अनुभव हुन्छः प्रचण्ड

न्युजलय ११ चैत २०७८, शुक्रबार ०८:५१ मा प्रकाशित

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु पार्टीको मात्र नभएर सिंगै राष्ट्रको अध्यक्षको जिम्मेवारी टाउकोमा रहेको अनुभूति हुने गरेको बताएका छन्।

भरतपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले देशमा कुनै अफ्ठ्यारो पर्‍यो भने जसरी पनि बचाउने भारी बोकेर बसिरहेको अनुभूति हुने गरेको बताए।

‘म माओवादी केन्द्रको अध्यक्ष छु। दुई पटक देशको प्रधानमन्त्री भएँ। तर मलाई माओवादी केन्द्रको अध्यक्षजस्तो मात्रै लाग्दैन अचेल। सिंगै राष्ट्रको जिम्मेवारी मेरो टाउकोमा छ जस्तो लाग्छ,’ उनले भने ।

उनले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको अनुपस्थितिमा एक्लै भारी बोक्नु परेकोजस्तो भइरहेको बताए।